site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन तस्करी सेटिङमा चलेको छ, तर भरियालाई मात्रै पक्राउ गरियो : ईश्वर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् । 

आइतबार ४५औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको 'समाज रूपान्तरणमा पुष्पलालको भूमिका' विषयक अन्तर्क्रिया कार्यक्रममा पोखरेलले सुन तस्करीमा भन्सार, अध्यागमनका प्रमुखहरू सेटिङमा चलेको देखिएको तर भरियालाई मात्रै पक्राउ गरिएको बताए । 

Argakhachi Cement Island Ad

उनले मुलुकमा सरकार रहे पनि आर्थिक विकास र समृद्धिमा अवरोध गर्ने, मुलुकलाई लुटतन्त्रमा परिणत काम गरिरहेको आरोप लगाए । पोखरेलले एमाले सरकारले सुरु गरिएका विकासका आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढाउन नसकेको बताए ।

उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलाल श्रेष्ठले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्न आवश्यक भएको पनि बताए ।

विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्