site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भोलि राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने
फाइल तस्बिर।

काठमाडौं । इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा हुने भियनास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका हुन् ।

Dabur Nepal
NIC Asia

स्थानीय समयअनुसार आइतबार बिहान ७ः३० बजे इटालीको रोम पुगेका प्रधानमन्त्री दाहालले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा सोमबार बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुटुटछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

उनले सोमबार पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग उनको भेट हुनेछ ।

प्रधानमन्त्री दाहाल इटालीमा रहँदा खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro