site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक निर्वाचन प्रतिनिधिसभामा हटाउन शेखरको प्रस्ताव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन प्रणाली फेर्ने अगुवाइ गर्न कांग्रेसमा प्रस्ताव गरेका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार बोलेका कोइरालाले धेरैलाई अप्रिय लागेपनि समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो प्रतिनिधित्व दिन नसकिएको स्वीकार गरे । 

उनले प्रत्यक्ष निर्वाचनभित्रैबाट अहिलेको समावेशी, समानुपातिक प्रतिनिधित्व दिन सकिने भन्दै त्यसका लागि कांग्रेसले अगुवाइ गर्नुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“साथीहरूलाई अप्रिय लाग्ला तर, समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो परिणाम दिन सकिएन,” डा. कोइरालाले भने, “प्रत्यक्ष निर्वाचनभित्रैबाट समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ । कांग्रेसले नै यसको निकास दिन सक्नुपर्छ ।” 

उनले कांग्रेसले अगुवाइ नगर्दासम्म यसको सुधार पनि सम्भव नभएको बताए । डा. कोइरालाले देशलाई अन्तर्राष्ट्रिय शक्तिले चलखेल गर्ने मैदान बन्न नदिन पनि सरकारसँगै कांग्रेसको भूमिका आवश्यक रहेको बताए । 

Global Ime bank

उनले यसका लागि परराष्ट्र नीतिमा सरकारलाई जिम्मेवार बनाउने काम कांग्रेसले गर्नुपर्ने उनको भनाइ थियो । उनले नेपाली जनताको बदलिदो आर्थिक, समाजिक र राजनीतिक आलोकमा पार्टीलाई सबै तहमा ‘विज्ञहरूको इन्ट्री’ खुल्ला गर्नुपर्ने भन्दै त्यसका लागि नीतिगत निर्णय केन्द्रबाट गर्नुपर्ने बताए । 

उनले विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टीमा काम गर्ने अवस्था निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि विज्ञहरूलाई कोटा तोकेरै इन्ट्री हुने वातावरण बनाउनुपर्ने उनको धारणा थियो । 

सभापतिले अहिलेका लागि केन्द्रीय समिति लाइभ गर्ने निर्णय पार्टीका लोकगिज्याइमा विश्वास गर्नेहरूप्रति लक्षित रहेको हुनसक्ने भन्दै सधैभरी केन्द्रीय समिति बैठक लाइभ हुन नसक्ने बताए । 

उनले फेसबुकमार्फत लाइभ भइरहेको केन्द्रीय समिति बैठक सुरु हुँदा नै महामन्त्रीले पाँच बुँदे द्धिट थमाएर अरु पार्टीको नाम नलिन भनेको बताए । “अरु पार्टीका विषयमा टिप्पणी नै नगर्ने, गठबन्धनका विषयमा छलफल नै नगर्ने हो भने केन्द्रीय समिति केका लागि हुन्छ ?,” डा. कोइरालाले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय