site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गालीगलौज र नेतृत्वलाई खुइल्याउने कुरा नगरौँ : महत
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारका अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अघि बढाइएको कार्यक्रममा एक लक्ष्यका साथ प्रस्तुत हुने कि नहुने भन्ने कुरामा छलफल हुनुपर्ने बताएका छन् । पाटीको जारी केन्द्रीय समिति बैठकमा कार्यक्रमहरु एउटा गुटको जस्तो हुन नहुने बताए ।

“एक मिसनका साथ, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौँ कि हुँदैनौं ? कांग्रेसको अगाडि ठूलो र ज्वलन्त प्रश्न र छलफलको आवश्यकता छ  । हामी कार्यक्रम गर्छौँ । पटकपटक गरौँला,” उनले भने, “तर एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन ।”

उनले पार्टीको विचार, दृष्टिकोण, मिसन, भिजन छैन भनेर प्रस्तुति भइरहेको बताए । उच्च मनोबलका साथ जनतामा जानुपर्ने कुरा नगरिएको भन्दै आपत्ति जनाए ।

“हामी खत्तम भयौँ । फलानोले गर्दा पार्टी यो ठाउँमा पुग्यो भनेजसरी प्रस्तुत भइरहेको छ । यसले जनआधार विस्तार गर्ने, एक्लै निर्वाचन लड्ने लक्ष्य पूरा हुन सक्दैन,” उनले भने ।

महतले कसैले पनि अनावश्यक गालीगलौज र नेतृत्वलाई खुलाइने काम गर्न नहुने बताए ।

“अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा , सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने, नभएको कुरा पनि भएको जसरी हामी कहीँ कतैबाट कसैले पनि प्रस्तुत गर्नु हुँदैन,” उनले भने ।

एक मन, एक चित्तले जनताको बीचमा गए कांग्रेसलाई कसैले रिप्लेस गर्न नसक्ने उनको भनाइ छ । सुशासनमा प्रतिबद्ध छैन भन्ने भाष्य आफूहरुले बनाउनु नहुने बताए ।

कमीकजोरीको जस कांग्रेस नै हौँ भनेर प्रस्तुत हुने शैली बन्द गर्नुपर्ने उनको भनाइ छ । “हामीमा सम्पू्र्ण कमजोरी छ, अरुले मात्रै राम्रो गरिरेका छन् भन्ने भावना छोड्नुपर्छ,” महतले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro