site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुञ्जनको रजत जयन्ती समारोहमा स्रष्टाहरू पुरस्कृत  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नारी साहित्यकारहरूको संस्था गुञ्जनले स्थापनाको रजत जयन्तीका अवसरमा विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

शुक्रबार काठमाडौंमा गुञ्जनद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले ‘गुञ्जन प्रतिभा पुरस्कार २०७९’ कवि गीता कार्कीलाई प्रदान गरे । त्यस्तै, ‘गुञ्जन त्रिवेणी आख्यान पुरस्कार’ पहिलो पटक साहित्यकार भुवन ढुङ्गानालाई प्रदान गरे । त्रिवेणी आख्यान पुरस्कार आख्यानकारहरू पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठले स्थापना गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोअवसरमा सुवेदीले ‘गुञ्जन मातृभाषा पुरस्कार’ राधिका लिम्बुलाई, ‘गुञ्जन साहित्य पुरस्कार’ कवि विश्वविमोहन श्रेष्ठलाई, ‘गुञ्जन जेष्ठ नागरिक सम्मान’ रेवती राजभण्डारीलाई तथा ‘गुञ्जन रजत जयन्ती सम्मान’ लक्ष्मी राजभण्डारीलाई प्रदान गरे ।

कार्यक्रममा गुञ्जनले पाल्पाका सर्जकहरू राजेन्द्रगोपाल सिंह र पुष्कर अथक रेग्मीलाई विशेष सम्मान प्रदान गरियो ।
सोअवसरमा प्रा.डा. सुवेदी, गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, साहित्यकार भागीरथी श्रेष्ठ, इल्या भट्टराई, डा. रजनी ढकाललगायतले बोलेका थिए । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय