site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवाबाट उडान गर्न जजिराले प्राधिकरणलाई पत्र पठायो

काठमाडौं ।  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ । 

आगामी अक्टोबरबाट साताको तीन दिन उडान गर्न जजिराले पत्र पठाएको हो । अनुमतिका लागि केही प्रक्रिया बाँकी रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

Dabur Nepal
NIC Asia

विमानस्थल सञ्चालनमा आएदेखि उडान गर्दै आएको जजिराले पछिल्लो पटक गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो । 

त्यतिबेला कम्पनीले मे ८ देखि नियमित उडान गर्ने भन्दै उडान बन्द गरेको थियो । तर, अहिलेसम्म उडान सुरु गरेको छैन । उडान के कारण सुरु नगरिएको हो भन्ने जानकारी भने दिएको छैन ।  

यसअघि व्यापारिक कारण उडान बन्द गरेको जजिराले उल्लेख गरेको थियो । जजिराले जारी गरेको अर्काे सूचनामा उडानको बारेमा जानकारी दिने जनाए पनि अहिलेसम्म कुनै पनि सूचना नपठाएको विमानस्थलका प्रवक्ता विनोदसिंह रावलले जानकारी दिए ।

यसअघि पनि विभिन्न कारण देखाउँदै केही महिना जजिराले उडान बन्द गरेको थियो । हाल उक्त विमानस्थलबाट नेपाल एयरलाइन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro