site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच वर्षमा ५५२ गर्भवती तथा सुत्केरीको हवाइ उद्धार, सबैभन्दा बढी कर्णाली प्रदेशबाट 
प्रतीकात्मक तस्बिर

काठमाडौं । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् पाँच वर्षमा ५५२ जना ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरेको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईको तथ्यांकअनुसार २०७५/७६ मा सुरु गरिएको कार्यक्रममा सो वर्ष २६ जनाको उद्धार गरिएको थियो । ०७६/७७ मा ८७, ०७७/०७८ मा १०३ जना, ०७८/७९ मा १६९ र ०७९/८० मा १६७ जना गर्भवती र सुत्केरीको उद्धार गरिएको तथ्यांक छ । 

Dabur Nepal
NIC Asia

पाँच वर्षमा उद्धार हुनेमा सबैभन्दा धेरै कर्णाली प्रदेशका १८९ जना महिला छन् । त्यस्तै कोसीबाट १४२, वाग्मतीबाट ९१, गण्डकीबाट ३१, लुम्बिनीबाट १० र सुदूरपश्चिमबाट ८९ जनाको उद्धार गरिएको इकाइको तथ्यांक छ । 

निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रमअन्तर्गत सरकारले १८ घण्टाभन्दा बढी प्रसव व्यथा भइ विभिन्न कारणले शिशु जन्मन कठिन भएको, गर्भवतीको ज्यान जोखिममा परेको अवस्थाका गर्भवती तथा सुत्केरीको हवाइ उद्धार गर्दै आएको छ ।
 
यो कार्यक्रम सातै प्रदेशका ४८ वटा दुर्गम हिमाली तथा पहाडी जिल्लामा लागु गरिएको छ । उद्धारपछि उपचारका लागि प्रदेशस्तरका १२ वटा सरकारी अस्पताल तोकिएका छन् । काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याउने गरिएको छ । 

जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाइ उद्धारका लागि हटलाइन नम्बर ९८५१२५५२५४ को व्यवस्था गरिएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro