site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको चिन्ता गर्नेलाई आरजुको जवाफ– चुनौतीसँग डराउनेले मैदान छोडे हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले राजनीति सधैँ चुनौतीबाटै अघि बढ्ने बताएकी छन् । कांग्रेस चुनौतीमा रहेको भनेर चिन्ता गर्नेहरूलाई जवाफ दिँदै उनले द्वापर युगदेखि राजनीतिमा चुनौती नै रहेको भन्दै कलियुगमा राजनीति थप चुनौतीपूर्ण रहेको बताइन् ।

“राजनीति भनेकै असहज स्थिति हो । द्वापर युगदेखि कहिले पनि राजनीति सहज छैन,” राणाले भनिन्, “अहिले कलियुगमा पनि राजनीति गर्न असहज हुन्छ भनेर डराएर बस्नेहरू मैदान छोडेर जानुपर्‍यो ।” उनले राजनीति गर्छु भनेर आएकाहरूले मुद्दामा सहमत/असहमत जे भए पनि पार्टीको सिद्धान्त बोकेर अघि बढ्नुपर्ने बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“सहमत/असहमत जे भए पनि अघि बढ्नुपर्‍यो । पार्टीको प्रिन्सिपलको पछाडि लाग्नुपर्‍यो । अनि मात्रै राजनीति हुन्छ,” आरजुले भनिन् । 

जिल्ला सभापतिदेखि महामन्त्रीसम्मले पार्टीका विषयमा असन्तुष्टि बढ्दै जाँदा नयाँ शक्तिहरूका पछाडि लहर देखिएको र कांग्रेसमाथि चुनौती बढेको बताएका थिए । उनीहरूले नेतृत्वको कार्यशैलीमा सुधार नभए कांग्रेस थप संकटमा पर्ने चेतावनी समेत दिएका थिए । 

Global Ime bank

केन्द्रीय समिति बैठकमा समेत कतिपय केन्द्रीय सदस्यले पार्टी नेतृत्वका कारण कार्यकर्तामा देखिएको असन्तुष्टिको लाभ अन्य शक्तिले लिइरहेको बताएका थिए । त्यसको जवाफमा आर्जुले चुनौतीपूर्ण भयो भनेर डराउनेलाई मैदान छोडेर जान सुझाव दिएकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !