site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिममा दिउँसो भारी वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहान सामान्य बदली रहँदा बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ । जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ । तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षा र चट्याङको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro