site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोप फ्रान्सिसको अन्त्येष्टिमा को–को सहभागी हुँदैछन् ? 

काठमाडौं । क्याथोलिक ईसाइहरूका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा भाग लिन विश्वका विभिन्न देशका नेताहरू भ्याटिकन सिटी पुग्ने भएका छन् ।

ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्रिटेनका राजकुमार (प्रिन्स अफ वेल्स) र विश्वको सबैभन्दा ठूलो क्याथोलिक जनसंख्या भएको देश ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पनि भ्याटिकन सिटी जाने बीबीसीले जनाएको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार सेन्ट पिटर्स स्क्वायरमा हुने भ्याटिकनले पुष्टि गरेको छ । उक्त कार्यक्रममा हजारौँ मानिस उपस्थित हुने अपेक्षा छ ।

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार स्ट्रोकका कारण निधन भएको थियो । निधन भएको २४ घण्टाअगाडि मात्रै उनले इसाइहरूको पर्व इस्टर मनाउन भेला भएका मानिसलाई सम्बोधन गरेका थिए । 

पछिल्ला दिनमा डबल न्युमोनियाबाट जुध्दै आएका उनको स्वास्थ्य अवस्था नाजुक अवस्थामा रहेको थियो ।

पोप फ्रान्सिसको निधनमा हजारौँ शोकाकुलहरू फूल, क्रस र मैनबत्ती बोकेर भ्याटिकन सिटी पुगेर प्रार्थना गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro