site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आमाको दूधमा २५ किसिमका विषाक्त रसायन : अध्ययन

काठमाडौं । अमेरिकामा गरिएको परिक्षणमा आमो अथवा स्तन दूधमा २५ प्रकारका विषाक्त रसायन फेला पारेको एक अध्ययनले देखाएको छ । 

अमेरिकामा भएको यो अध्ययनका लागि ५० भन्दाबढी आमाको दूधको नमुना परिक्षण गरिएको थियो ।

यी सबै दूधको नमुनामा ब्रोमिनेटेड फ्लेम रिटारडेन्ट अथवा आगो विरोधी पदार्थ फेला परेको अध्ययनले देखाएको हो ।

सामान्यतया ब्रोमिनेटेड फ्लेम रिटारडेन्ट आगलागी हुनबाट जोगाउनका लागि प्लास्टिक, टेलिभिजन र इलेक्ट्रोनिक उपकरणमा प्रयोग गरिन्छ ।

नियमन नगरिएको तल्लो स्तरको फ्लेम रिटार्डेन्ट्स ब्रोमोफेनोल पनि पहिलो पटक स्तनको दूधमा फेला परेको अध्ययनले देखाएको छ ।

यी विषाक्त पदार्थ बालबालिकाहरूका लगि न्युरोटक्सिक भएको अध्ययनकी सहलेखिका एवं टक्सिक फ्रि फ्युचरकी विषाक्त विशेषज्ञ एरिका श्रेडरको भनाइ छ ।

उपभोक्ता उत्पादन र इलेक्ट्रोनिक्समा आगो रोक्न प्रयोग गरिने ७५ रसायनमध्येको एक समूह ब्रोमिनेटेड फ्लेम रिटार्डेन्टहरू हो ।

यस्ता पुराना रसायनहरू सन् १९७० को दशकमा प्रतिबन्ध गरिएको थियो । तर, अहिले नयाँ किसिमका रसायन प्रयोग हुँदै आएका छन् ।

प्लास्टिकबाट रसायन टुक्रिएर धुलो भएपछि सासबाट वा निलिएर मानिस ब्रोमिनेटेड फ्लेम रिटार्डेन्टको सम्पर्कमा आउँछन् । अनुसन्धानकर्ताहरूले यसको प्रयोग न्यूनीकरण एवं नियमनका लागि आवाज उठाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro