site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चपली हाइटबाट एमाले राजनीति नियालीरहेकी विद्या भण्डारी, ओलीसँग कस्तो छ सम्बन्ध ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपतिको सातवर्षे कार्यकाल पूरा गरेपछि विद्या भण्डारीले सरकारी निवास रोजिनन् ।  प्रथम महिला राष्ट्रपति भण्डारीले निजी निवासमा नै रहने इच्छा राखिन् ।  र, बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित चपलीमा घर बनाइयो । 

०७९ फागुन २९ गते शीतलनिवासबाट बिदाइ हुँदा निवास निर्माणको काम सम्पन्न भएको थिएन ।  उनी महाराजगञ्जस्थित छोरीको घरमा बसिन् ।  भण्डारी एक महिनाअघि मात्रै निजी निवास सरेकी हुन् ।

उनका स्वकीय सचिव राजकुमार राईका अनुसार जेठ ३१ बाट उनी आफ्नै घरमा बस्न थालेकी हुन् ।  शीतलनिवासमै रहँदा उनका क्रियाकलाप नजिकबाट नियाल्नेहरु भन्छन्– भण्डारीमा राजनीतिको हुटहुटी छ । नेकपा एमाले हाँक्ने चाहना छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शीतलनिवासबाट बाहिरिएपछि उनका भेटवार्ता र कार्यक्रमले पनि त्यसमा प्रशस्तै बल पुगेको छ । अर्थात् उनी ‘पर्दा पछाडि’बाट राजनीतिमा सक्रिय हुन थालेकी छन् ।  सरकारी निवास छाडेर निजी निवास रोज्नु नै सक्रिय राजनीतिमा फर्कने सन्देश स्पष्ट रहेको नेताहरु अर्थ्याउँछन् ।

भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाले पार्टीभित्र तरंग पैदा गरेको छ । अर्को महाधिवेनबाट नेतृत्त्वमा आउनका लागि र पार्टीभित्र पकड जमाउनका लागि मदन भण्डारी फाउण्डेसनमार्फत् सक्रिय हुन खोजिरहेको उनी निकटस्थहरु बताउँछन् ।  

Global Ime bank

यससँगै निवासमा एमालेका नेताहरुको आऊजाऊ बाक्लो भइरहेको छ । केही अघि एमालेका एक पदाधिकारीले सक्रिय हुने चर्चाका विषयमा जिज्ञासा राखेका थिए । 

जवाफमा उनले प्रतिप्रश्न गरिन् ,“पार्टीले के भन्छ ?” 

ती पदाधिकारीले उनी राजनीतिमा फर्कने स्पष्ट संकेत दिएको बताए ।   भण्डारी निकट एमालेका एक नेता ११औं महाधिवेशनमा पार्टी अध्यक्ष नै बन्ने परिस्थिति बनेमात्रै राजनीतिमा फर्कने बताउँछन् ।  अध्यक्ष केपी शर्मा ओलीले संकेत गरे सहजै रुपमा राजनीतिमा आउने उनको भनाइ छ । 

“पार्टी अध्यक्ष हुने गरीमात्रै आउने हो । अरु पदमा आउनुको अर्थ छैन । अध्यक्ष दिने¬–नदिने भन्ने पार्टीमा छलफल होला ,” ती नेताले बाह्रखरीसँग भने, “त्यसका लागि त केपी कमरेड पनि तयार हुनुप¥यो । त्यो परिस्थिति बन्छ कि बन्दैन । भविष्यको गर्भमा नै छ ।” 

राष्ट्रपतिका स्वकीय सचिव राई भण्डारी राजनीतिमा फकर्ने विषयमा कुनै निर्णयमा नपुगेको बताउँछन् । पदमा नरहे पनि सामाजिक काम गर्ने योजना रहेको उनको भनाइ छ । 

“अहिलेसम्म राजनीतिमा फर्कने भन्ने कुनै निर्णयमा पुग्नुभएको छैन,” उनी भन्छन् ।

निवासमा के गर्दैछन् भण्डारी ?  

राजनीतिमा नआए पनि समाजसेवा गर्ने योजनामा भण्डारी छन् । 

“आफूले कार्यकाल पूरा गरिसकेपछि शिक्षा, स्वाथ्य, जलवायु परिवर्तनको समस्या समाधान, खानेपानीलगायतका विषयमा काम गनुपर्छ भन्ने योजनामा हुनुहुन्छ,” उनी भन्छन्,“राजनीति बेगर पनि समाजसेवा गर्न सकिन्छ भन्ने कुरा छ । राष्ट्रपति हुँदा पनि उहाँले यी  काम गर्नुभएको थियो ।” 

भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत् ती काम गर्ने तयारी भइरहेको राईले बताए ।
 
“अहिलेसम्म राजनीतिमा फर्कने कुरा छैन । अहिलेसम्म संस्थामा पनि आबद्ध हुनुहुन्न । मदन भण्डारी फाउन्डेनशनको पूर्वअध्यक्षको नाताले पनि त्यसमार्फत काम गर्न सकिन्छ,” राई भन्छन््, “ समाज रुपान्तरण, सामाजिक उत्थान, समृद्धि हासिल गराउने सन्दर्भमा जुन सुकै फोरमबाट भए पनि सेवा गर्न सकिन्छ भन्नेमा हुनुहुन्छ ।” 

नेताहरु, शुभेच्छुक शुभचिन्तकहरुबीच भेटघाट भइरहेको उनले जानकारी दिए । 

देशप्रति चिन्ता !

भण्डारीले केही अघि एमालेको विद्यार्थी संगठन अनेरास्ववियू, महिला संघ, प्रेस चौतारीका पदाधिकारीहरुसँग भेटघाट गरेकी थिइन् ।  भेटमा उनले राष्ट्रप्रति चिन्ता र चासो व्यक्त गर्ने गरेकी थिइन् । देश बिग्रिएकोप्रति निराशा व्यक्त गर्ने गरेकी छन् । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले भेटमा क्रममा राष्ट्रका विषयमा चिन्ता व्यक्त गरेको बताए ।  “राजनीतिमा आउने नआउने कुरा त गर्नुभएन । राष्ट्रिय बेथितिको चर्चा गर्नुभयो । राष्ट्र निर्माणका विषयमा चिन्ता गर्नुभयो,” उनले बाह्रखरीसँग भने । 

केही दिनअघि मात्रै एमालेका पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई भण्डारी निवास पुगेका थिए ।  भेटका क्रममा लामो छलफल भए पनि राजनीतिमा फर्कने भन्ने विषयमा खासै छलफल नभएको उनको टिप्पणी छ ।

“राजनीतिमा आउने नआउनेबारे धारणा बनिसकेको पाइन । महाधिवेशन आउन चार वर्ष बाँकी रहेकाले अहिले नै यो विषयमा कुरा गर्नु हतारो हुन्छ,” उनले बाह्रखरीसँग भने । 

देशको सेवामा कसरी गर्न सकिन्छ भन्नेमा नै केन्द्रित रहेको उनले बताए ।  “राष्ट्रपतिको कार्यकाल सकिएपछि देशको सेवा कसरी गर्न सकिन्छ ? समाजिक काममा कसरी आवद्ध हुन सकिन्छ ?,” भट्राई भन्छन्, “अधिकतम समय देश, समाजका लागि केही योगदान गरौं भन्नेमा नै हुनुहुन्छ । कसरी गर्ने भन्नेमा वर्कआउटमा गरिरहनुभएको पाएँ ।”

व्यापारघाटा, युवा विद्यार्थीको विदेश पलायनलगायतका विषयमा पनि चिन्ता जाहेर गरेको भट्टराई बताउँछन् । 

“राम्रोसँग देशको बारेमा बुझ्नुभएको छ । देशको अवस्था यस्तो छ, व्यापारघाटा यस्तो छ भनेर डाटामा नै कुरा गर्नुहुन्छ । राजश्व उठेको छैन । पुँजीगत खर्च हुँदैन । विदेशमा जानेहरुको ठूलो भिड छ,” भनाई उद्धृत गर्दैै उनले सुनाए, “देशका लागि यो सकारात्मक सूचक होइन । यसले नराम्रै गर्‍यो । देशलाई कसरी सही बाटोमा लैजान सकिन्छ ? भन्नेमा एकदमै चिन्तित देखेँ ।”

एमालेका अर्का पोलिट्ब्यूरो सदस्य कृष्ण राई भण्डारी राजनीतिमा फर्कन सक्ने बताउँछन् ।  “भर्खरै ६० वर्ष त हुनुभयो । सक्रिय राजनीतिमा आउने सम्भावना छ नि,” उनले भने । 


विवादको डर !

ओली निकट अर्का एक पदाधिकारी भने पूर्व प्रथम राष्ट्रपति रामवरण यादव राजनीतिमा नफर्किएको भन्दै उनले पनि राजनीतिमा आउने कुराले राम्रो सन्देश नदिने बताउँछन् । 

“पहिलो राष्ट्रपति राजनीतिमा सक्रिय हुनु भएन । राष्ट्रको नेतृत्व गरिसकेको व्यक्तिले म राजनीतिमा आउदिनँ भन्नुपर्ने हो । तर, राजनीतिमा आउने तयारी गर्नुले खासै राम्रो सन्देश दिँदैन,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “राजनीतिमा आउने नै हो भने पनि अध्यक्ष बन्न दिइँदैन । अध्यक्ष ओली नै हुने हो । वरिष्ठ उपाध्यक्षमा आए फरक कुरा हो ।”

अर्का एक नेता भण्डारी सक्रिय भइहाल्ने अवस्था बनिनसकेको बताउँछन् ।

पार्टी राजनीतिमा आउँदा आलोचनाको शिकार बन्ने खतरा रहेकाले सकारात्मक माहोल बने मात्रै राजनीतिमा आउने पक्षमा रहेको बताए । 

“सक्रिय भइहाल्ने मनसाय देखिँदैन । सात वर्ष राष्ट्रपति पदमा बसियो । राजनीतिमा आउँदा विवादित भइन्छ । गुटबन्दी सुरु हुन्छ,” ती नेताले उनको मनोदशा सुनाए, “व्यापक माग भयो, सर्वसहमति हुने भयो । नगै नहुने भयो मात्रै जाने । नत्र नआउने ।” 

एमालेका अर्का नेता एमालेभित्र युवाहरुको आवाज बढिरहेको भन्दै दुवैतिर मिलाउन सक्ने भएकाले नेतृत्वमा आउनुपर्ने बताउँछन् । 

“एमालेमा युवाहरुको आवाज बढिरहेका बेला बीचमा बसेर दुवैतिर मिलाउन सक्नुहुन्छ भन्ने एउटा आधार हो । राजनीति  सम्भावनाको खेल हो हेरौैं के हुन्छ,” ती नेता भन्छन् । 


त्यसो त राष्ट्रपति भइसकेको व्यक्ति  महिला प्रधानमन्त्री बन्न सक्ने भएकाले पनि राजनीतिमा ल्याउन केही नेताहरु सक्रिय देखिएका छन् ।  अहिले नै धेरै चर्चा गर्दा पार्टीभित्र समस्या झांगिने भएकाले महाधिवेशन आउनुपूर्वको एक वर्षमा मात्रै क्लिय गर्नुपर्नेमा पक्षमा केही नेता छन् । 

“महाधिवेशन आउन चार वर्ष बाँकी छ । अहिले नै हल्ला खल्ला गरेर खास फाइदा हुँदैनन् । अस्थिरता उत्पन्न हुन्छ ,” ती नेता भन्छ्न, “गेम खेल्न जाँदा अर्को टिम पनि कस्तो छ भनेर हेरिन्छ ।  महाधिवेशन हुनुभन्दा एक वर्ष अघिबाट चर्चा गर्नुपर्छ ।”

दुईपटक पार्टीको उपाध्यक्ष भइसकेको व्यक्ति अब नेतृत्वमा आउने तयारी गर्नु नौलो नभएको नेताहरुको भनाइ छ ।  भण्डारी वि.सं. २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समितिमा रहेर काम गरिन् ।

वि.सं. २०६५ सालमा बुटवलमा भएको आठौँ  महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारी काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

अहिले मदन भण्डारी फाउन्डेशनमार्फत कामलाई तीव्रता दिन नेताहरुलाई निर्देशन दिएकी छन् । एमालेमा पहिले फाउन्डेशनको विरोध हुने गर्थ्यो । फाउन्डेसनले गुट झाँगिएको भन्दै फाउन्डेसन खारेज गर्नुपर्ने माग पनि हुने गरेकोे थियो । 

तर, फाउन्डेसनको संस्थापक भएर ओली नै सक्रिय भएपछि विवाद  मत्थर भएको थियो ।  जननेता मदन भण्डारीको नाममा रहेको फाउन्डेसन भावनात्मक रुपमा पनि जोडिएकाले सक्रिय हुनु कुनै नौलो कुरा नभएको केही नेता बताउँछन् । 

विद्या भण्डारी जननेता मदन भण्डारीकी श्रीमती हुन् । 

राष्ट्रपति हुँदा पनि पार्टीप्रति चासो 

भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । त्यस्तै २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालमा निर्वाचित भइन् ।  राष्ट्रपतिको कार्यकाल पनि विवादित नै रह्यो । राष्ट्रपतिमा पार्टीको छाया देखिएको भन्दै आलोचना बेहोरिन् ।

नेकपा विवादमा तत्कालीन अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा मध्यस्थता निर्वाह गरेकी थिइन् । नेकपाको विवाद उत्कर्षमा पुग्दा दोस्रो तहका नेताहरुलाई बोलाएर विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् । 

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको निर्णय तत्काल सदर गरेपछि झनै आलोचना बेहोर्नुपरेको थियो । विभिन्न नियुक्तिहरुमा आफ्ना आसेपासेका लागि दबाब दिएर शीतलनिवासबाटै गुट चलाएको आरोप उनलाई नलागेको होइन ।

एमालेको सक्रिय राजनीतिमा केन्द्रित हुने मनसाय राखेपछि अध्यक्ष ओलीसँग पहिलेजस्तो सम्बन्ध नरहेको निटक नेताहरुको टिप्पणी छ । “राष्ट्रपति हुँदा बाक्लो भेटघाट हुन्थ्यो । तर अहिले भने पातलिएको छ,” ती नेताले भने, “पहिलेजस्तो सम्बन्ध नभए पनि अहिले ओलीलाई केही विषयमा सल्लाह उहाँले नै दिनुहुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC