site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा सवारी दुर्घटनामा कमी

मोरङ । कोसी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा तीन हजार ५१० सवारीसाधन दुर्घटना हुँदा ४१२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ८१० जना गम्भीर तथा चार हजार ७९७ जना सामान्य घाइते भएका थिए ।

आव २०७८/७९ मा प्रदेशमा तीन हजार ८२० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट ५३१ जनाको मृत्यु, एक हजार २०३ जना गम्भीर घाइते र पाँच हजार ४४५ जना सामान्य घाइते भएका दाहालले बताए । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ । 

आव २०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्यांक छ । आव २०७९/८० मा उक्त अवधिमा आठ हजार ३६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार ६६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार ८७१ जनालाई सवारी नियम उल्लंघन गरेकामा  जरिबाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए । 

आव २०७८/७९ मा पाँच हजार १०५ जनालाई मापसे कारबाही, १९ हजार ८३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार ८२३ जनलाई सवारी नियम उल्लंघन गरेकामा जरिबाना गरिएको थियो ।

सवारी नियम उल्लंघन गर्नेलाई जरिबाना गर्दा राजस्व संकलनमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा रु २० करोड सात लाख ३५ हजार राजस्व संकलन भएको छ भने  आव २०७८/७९ मा रु १८ करोड एक लाख ५९ हजार राजस्व संकलन भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro