site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान ‘ए’ विरुद्ध सहज जित निकाल्दै भारत समूह विजेता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पाकिस्तान ‘ए’ विरुद्ध आठ विकेटको सहज जित निकाल्दै भारत ‘ए’ एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको समूह ‘बी’ को विजेता बनेको छ ।

बुधबार श्रीलंकाको आर प्रेमादासा रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २०६ रनको लक्ष्य भारतले ३६.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा ओपनर साई सुदर्शनले अविजित १०४ रन बनाए । उनले ११० बलमा १० चौका र तीन छक्का प्रहार गरे । निकिम जोसले ५३ रन जोडे । कप्तान यस धुल २१ रनमा अविजित रहँदा अभिषेक शर्माले २० रन थपे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाकिस्तानका मुबासिर खान र मेह्रान मुम्ताजले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले ४८ ओभरमा सबै विकेट गुमाएर २०५ रनको योगफल खडा गरेको थियो ।

Royal Enfield Island Ad

पाकिस्तानका कसिम अक्रमले ४८ रन बनाए । साहिबजादा फर्हानले ३५, मुबासिर खानले २८, हसिबुल्लाह खानले २७ र मेह्रान मुम्ताजले २५ रन जोडे । कमरान गुलामले १५ र कप्तान मोहम्मद ह्यारिसले १४ रन थपे ।

भारतका राजवन्र्धन हंगारगेकरले पाँच विकेट लिए । हंगारगेकरदृ आठ ओभर बलिङ गर्दा एक मेडन राख्दै ४२ रन खर्चिए । मानव सुथरले तीन विकेट लिए । रियान पराग र निशान्त सिन्धुले समान एक–एक विकेट लिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइन प्रवेश गरेको छ । हारका बावजुद पाकिस्तान पनि समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यो समूहमा रहेका नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

भारतले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बंगलादेश ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस्तै, पाकिस्तानले समूह ‘ए’ को विजेता श्रीलंकाविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro