site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इजरायली महिला लिगका लागि सावित्रा भण्डारीको बिदाइ

काठमाडौं । इजरायली महिला लिग (लिगाट नासिम) का लागि इजरायल जाने नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीलाई बुधबार बिदाइ गरिएको छ । 

लिगाट नासिमको नयाँ सिजनक लागि अगस्ट १ मा इजरालय प्रस्थान गर्ने सावित्राका लागि युवा तथा खेलकुद मन्त्रालयले बिदाइ कार्यक्रम आयोजना गरेको हो । सावित्रालाई इजरायली क्लब होपाइल रानान महिला फुटबल क्लबले गत जुनमा एक वर्षका लागि अनुबन्धित गरेको थियो ।

सावित्राको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपालका लागि इजरायली राजदूत हनान गोडर र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँगै अन्य पदाधिकारीहरूको उपस्थिति थियो । 

Dabur Nepal
NIC Asia

Sabitra1689753953.jpg

बिदाइ कार्यक्रममा बोल्दै सावित्राले युरोपको मान्यता पाएको देशमा खेल्नु चुनौती भए पनि आफू त्यसका लागि तयार रहेको बताइन् ।

“यो माया, सम्मान र बिदाइ आश गरेको थिइनँ । एक दुई दिनमै आएर बिदाइ गरिदिनुभयो । त्यसका लागि धन्यवाद । एसियाली देशबाट एक पाइला अघि बढेको छु । युरोपको मान्यता पाएका देशको लिगमा खेल्नु चुनौती हो । म यो चुनौती स्वीकार्न तयार छु । यो नेपाली फुटबलरका लागि सुरुआत हो र म अन्तिम परीक्षासम्म पनि तयार रहने छु,” सावित्राले थप्छिन् ।

“फुटबल खेलेर बाँच्न सकिन्छ, केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु । मेरो देशका लागि अझै धेरै गर्न बाँकी छ । मेरो व्यावसायिक फुटबलका लागि इजरायलको यात्रामा महिला फुटबल हेर्ने दृष्टिकोण फरक बनाउने कोसिस गर्नेछु । आउने पुस्ताका लागि मैले बाटो बनाउनका लागि आधार तयार गरेको छु । आउने दिनमा यत्तिकै सहयोग गरिदिनु हुने छ भन्ने आशा गरेको छु ।”

Sabitra Samba1689753947.jpg

एन्फाका अध्यक्ष नेम्वाङले सावित्रालाई युरोपमा खेल्ने अवसर दिएकोमा इजरायली क्लबलाई धन्यवाद दिए ।

"इजरायलमा लिग खेल्ने र युरोपमा खेल्ने जुन अवसर प्राप्त भएको छ । त्यसको लागि क्लबलाई पनि धन्यवाद भन्न चहान्छु," सावित्रालाई शुभकामना दिँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले भने ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले पनि सावित्रालाई इजरायलले पर्खिरहेको बताए ।

“रानान उत्कृष्ट टिम हो र मैले रानानलाई नजिकबाट चिनेको छु । सबैले इजरायलमा तपाईंलाई पर्खिरहेका छन् । इजरायलको फुटबल तपाईंलाई स्वागत गर्दछ ।"

गोडरले एम्बसेस्सी इजरायलको तर्फबाट उनलाई शुभकामना दिए । इजरायलको एम्बेसी र सावित्राले हस्ताक्षर गरेर फुटबल साटासाट गरेका थिए । 

यस्तै, खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सावित्रालाई नेपाली फुटबल विकासमा प्रयोग गर्न सकिने गरी कौशलता सिकेर आउन शुभकामना दिए ।

“उहाँको यात्रा अघि बढोस् भन्ने शुभकामना छ । यो अवसरबाट नेपाली फुटबलको विकासमा प्रयोग गर्न सकिने गरी फुटबल कौशलको विकास गरेर आउनुहोस्,” मन्त्री लिम्बुले भने, “आफ्नो कला प्रदर्शन गरेर अघि बढ्न सक्ने गरि क्षमता प्रस्तुत गर्नुहोला । नेपालमा लामो समय काम गरेका एम्बासडर छन् । खेलको माध्यमबाट संसारमा चिनिन सक्छौँ ।”

Sabitraa1689753941.jpg

भौगोलिक रूपमा एसियामा रहे पनि इजरायलले युरोपेली फुटबल महासंघ (यूईएफए) को सदस्यता लिएको छ । यसैकारण इजरायलका क्लबहरूले युरोपियन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न पाउँछन् । इजरायलको महिला क्लबहरूले पनि यो अवसर प्राप्त गर्छन् । तर, महिला च्याम्पियन्स लिग खेल्नका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् । गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro