site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको आरोप– गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर उनले अनावश्यक गाली नगर्न आग्रह गरेका छन् । 

आफूहरू संसदीय अभ्यासमा नयाँ रहेको भन्दै केही कमजोरी हुनसक्ने तर त्यसैलाई मुख्य विषय बनाएर गम्भीर विषयलाई विषयान्तर गर्न नहुनेमा उनको जोड छ । 

“केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पठ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन,” रवि सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कयौंले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौंला । तर,  यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro