site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २१५४ विन्दुमा, साढे तीन अर्बको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार ९.९१ अंकले बढेर बन्द भएको छ । नेप्से ०.४६ प्रतिशतले बढेर २१५४.०७ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४७ अंक बढेको थियो ।

मंगलबार तीन अर्ब ५४ करोडको सेयर कारोबार भएको छ । म्युचुअल फन्ड, ऋणपत्रलगायत २५५ धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा निर्जीवन बिमा समूह छ । यो समूहको परिसूचक १.५५ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

यस दिन अधिकांश म्युचुअल फन्डहरूको इकाइ मूल्य घटेको छ ।

सर्वाधिक सेयर मूल्यवृद्धि बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार ३५५ रुपैयाँ २० पैसा कायम भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ५९२ रुपैयाँ २० पैसा कायम भएको छ ।

मंगलबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro