site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले सात लाख पार्टी सदस्य थप्न एकवर्षे अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसमा ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरिएको छ ।

पार्टीका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमिति बैठकमा संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्नका लागि अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

यो साउन देखि २०८१ असार ३१ गतेमम्म पाँच/सात लाख सदस्य सदस्यता बढाउने गरी अभियान चलाउने प्रस्ताव उनको छ ।

“संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने छ,” थापाले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ, “एक वर्षको अवधिमा कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ यो अभियान गरिने छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro