site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो हुने छ ‘डिजिटल कांग्रेस’ 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ‘डिजिटल कांग्रेस’को अवधारणा अघि सारेका छन् । 

"यसले पार्टी अभिलेख र कार्यप्रणाली व्यवस्थित र चुस्त हुने छ," महामन्त्री थापाले भने । 

Dabur Nepal
NIC Asia

उनको अवधारणा अनुसार पार्टीको सम्पूर्ण अभिलेख, बैठक, सञ्चार र सम्पर्कलगायतको डिजिटलाइज्ड सिस्टममा हुने छ ।

"डिजिटल अभिलेख प्रारम्भ गरिएको छ । कांग्रेस सदस्यता अनलाइन प्रारम्भ भएको छ," उनले भने । 

उनले क्रियाशील सदस्यताको जिल्लाबाटै अनलाइन प्रिन्ट गर्न सकिने जनाए । उनले थप स्पष्ट पारे, "प्रत्येक तहको बैठकको निर्णय प्रणालीमा जोड्ने गरी प्रणालीको विकास गरिँदै छ ।"

कांग्रेसको भ्रातृ तथा सुभेच्छुक संस्थाको सदस्यतालगायतको विवरणलाई पार्टीको सिस्टममा राखिने उनले बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro