site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धर्मराज थापाको स्मृतिमा स्रष्टाहरू पुरस्कृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली लोकसाहित्यको खोज, अनुसन्धान र लोकगीत संगीतको उन्नयनमा विशिष्ट योगदान पुर्याएका संस्कृतिकर्मी जनकविकेशरी धर्मराज थापाको जन्मशताब्दी वर्ष सुरु भएको छ ।

सोमबार काठमाडौंमा आउँदो एक वर्षभित्र विविध साहित्य गतिविधि र जनकविकेशरीका सिर्जनाको प्रचारप्रसार एवम् खोज गर्ने उद्देश्यबाट पहिलो कार्यक्रम गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा बितेको लामो समयदेखि प्रदान गरिँदै आएको थापा र उनकी जीवनसंगिनीका नाममा स्थापित ‘धर्मराज–सावित्री लोकसंस्कृति–साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरियो । शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेका ग्वङ्गलाई भक्तपुरस्थित उनको निवासमै पुगेर पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, ‘धर्मराज–सावित्री लोकगीत संगीत पुरस्कार’ लोकगायकद्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई प्रदान गरियो । कार्यक्रममा उपस्थिति स्रष्टाले धर्मराज थापाका बारेमा बोलेका थिए ।

Global Ime bank

कास्कीको पोखरास्थित बाटुलेचौरमा वि.सं. १९८० साउन १ गते जन्मिएका थापाको ०७१ असोज २८ गते निधन भएको थियो । ०८० साउन १ गते उनी जन्मेको १०० वर्ष पुगेको अवसरमा देश–विदेशमा काव्य गोष्ठी, थापाका लोकगीतको प्रचारप्रसार र उनका अनुसन्धानमूलक कृतिको संरक्षण गर्नुका साथै लोक–स्रष्टाहरूलाई सम्मान गर्नेलगायत कार्यक्रम गरिने मदनराज थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय