site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनलाइनमा किनेको सामान भनेजस्तो नभए बिनासर्त फिर्ता गर्नुपर्ने, विवरण नखुलाई व्यापार गरे ५० हजार जरिवाना
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा विद्युतीय माध्यमबाट हुने कारोबारको नियमनका लागि विधेयक राष्ट्रियसभामा विचाराधीन छ । विधेयक पारित भएमा ‘विद्युतीय व्यापार ऐन, २०८०’ का रुपमा लागु हुनेछ ।

गएको असार १२ गते संघीय संसद् सचिवालयमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरिएको थियो । असार २६ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रियसभामा विधेयक टेबल गरे । असार २८ गते विधेयकमाथि राष्ट्रियसभामा सामान्य छलफल गरिएको थियो ।

छलफलका क्रममा सांसदहरूले विद्युतीय माध्यमबाट हुने कारोबारबारे नबोली विद्युत्को व्यापारका सन्दर्भमा आफ्ना कुरा राखे । यहाँसम्म कि विधेयक प्रस्तुत गर्ने मन्त्री रिजालले नै विद्युतीय माध्यमबाट हुने कारोबारका विषयमा नबोली बिजुली बेच्नेबारे कुरा राखेका थिए । सत्तासाझेदार नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले विद्युत् व्यापारकै विषयमा बोले ।

जे होस्, नेपालमा बढ्दै गएको विद्युतीय माध्यमबाट हुने कारोबार वा ईकमर्ससम्बन्धी ऐन/कानुन बनाइनुलाई सरोकारवालाले सकारात्मक रूपमा हेरेका छन् । विद्युतीय माध्यमबाट नेपालमा वस्तु वा सेवा उपलब्ध गराउने देशभित्र र बाहिरका व्यक्तिमा समेत ऐन लागु हुनेछ । ऐन प्रमाणीकरण भएको मितिले ३१औँ दिनदेखि कार्यान्वयनमा आउनेछ ।

के छ विधेयकमा ?
प्रचलित कानुनबमोजिम दर्ता भएर वस्तु वा सेवाको व्यापार गर्न अनुमतिप्राप्त व्यक्ति/फर्म/कम्पनी/संस्थाले यो ऐनको अधिनमा रहेर विद्युतीय व्यापार गर्न सक्नेछन् ।

यसरी विद्युतीय व्यापार सञ्चालन गर्नका लागि प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने हुन्छ । प्लेटफर्ममा व्यवसायीले आफ्नो व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकायलगायत सम्पूर्ण विवरण राख्नुपर्नेछ ।

यस्तो प्लेटफर्म स्थापनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय व्यापार पोर्टलमा तोकिएको सम्पूर्ण विवरण पेस गरी सूचीकरण हुनुपर्नेछ । पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरूले ऐन प्रारम्भ भएको तीन महिनाभित्र सो पोर्टलमा दर्ता हुनुपर्नेछ ।

व्यवसायीले आफ्नो प्लेटफर्मममा व्यापार गर्ने वस्तुको प्रकृति, डिजाइन, ट्रेडमार्क, अन्तिम बिक्री मूल्य, ढुवानी शुल्कजस्ता विभिन्न विवरण खुलाउनुपर्नेछ । व्यवसायीले प्लेटफर्ममा बिक्री रद्द गर्ने, फिर्ता गर्ने, सट्टापट्टा गर्ने, वारेन्टी तथा ग्यारेन्टीजस्ता प्रावधान पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

विद्युतीय व्यापार गर्दा वस्तु वा सेवाको निर्धारित मूल्य खरिद वा हस्तान्तरण हुनुअघि, पछि वा हस्तान्तरण हुँदा क्रेताले भुक्तानी गर्न सक्ने व्यवस्था विधेयकमा उल्लेख छ । विदेशी मुद्रामा खरिद–बिक्री गर्दा प्रचलित कानुनानुसार गर्नुपर्छ ।

तोकिएको स्थानमा क्रेताले माग गरेको समयमा वस्तु वा सेवा हस्तान्तरण गर्नुपर्ने हुन्छ । ढुवानीका लागि व्यवसायीले तेस्रो पक्षसँग सम्झौता गर्न सक्ने व्यवस्था समेत विधेयकमा छ ।

सामान फिर्ता गर्नुपर्ने
बिक्री गरेको वस्तु खरिदकर्ताले माग गरेअनुसार नभएको अवस्थामा व्यवसायीलाई फिर्ता गर्न सक्ने व्यवस्था पनि विधेयकमा छ । यसरी फिर्ता गरेको वस्तु वा सेवा व्यवसायीले बिनाकुनै सर्त फिर्ता लिनुपर्ने हुन्छ ।

खरिदकर्ताले चाहेमा सोही मूल्यबराबरको अर्काे वस्तु वा सेवा व्यवसायीले उपलब्ध गराउन सकिनेछ । अन्यथा, सेवा वा वस्तु फिर्ता ल्याएर क्रेताले तिरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

प्रचलित कानुनअनुरूप व्यक्ति/फर्म/कम्पनी/संस्थाले विदेशी व्यक्ति/फर्म/कम्पनी वा संस्थाबाट वस्तु वा सेवा आयात समेत गर्न सकिनेछ ।

व्यक्तिगत सूचना गोप्य राख्नुपर्ने
विद्युतीय व्यापारसँग सम्बन्धित कुनै पनि व्यक्तिको वैयक्तिक सूचना वा पहिचान जनाउने विवरण गोप्य राख्नुपर्ने हुन्छ । यस्तो विवरण अरू वा व्यवसायी आफूले समेत प्रयोग गर्न पाइँदैन । तर, क्रेताले खरिद गरेको सेवा वा वस्तु हस्तान्तरण गर्ने क्रममा सूचना आदानप्रदानका लागि भने विवरण प्रयोग गर्न सकिनेछ ।

सजाय र जरिवाना
विधेयकको दफा १४, १५ र १६ मा मध्यस्थ व्यवसायीको दायित्व, सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व र विक्रेताले पालना गर्नुपर्ने विभिन्न दायित्व उल्लेख छ ।

दफा १८ मा सेवा तथा वस्तु ढुवानीसम्बन्धी दायित्वको व्यवस्था छ । दफा १४, १५, १६ र १८ मा उल्लेखित दायित्व पूरा नगर्ने वा दायित्व उल्लंघन गर्ने व्यक्तिलाई दुईदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकको दफा २३ मा छ ।

यस्तै, विद्युतीय प्लेटर्फम स्थापना नगरी विद्युतीय व्यापार गरेमा, सूचीकरण नगरी व्यवसाय सञ्चालन गरेमा र वस्तु वा सेवासम्बन्धी विवरण नखुलाई विद्युतीय व्यापार गरेमा पनि कसुर गरेको मानिनेछ ।

यस्तो कसुर गर्नेलाई १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिनेछ । यस्ता कसुर र त्यसको अनुसन्धान निरीक्षण अधिकृतबाट गरिनेछ । मुद्दा चलेको खण्डमा कसुरको मुद्दामा नेपाल सरकार वादी हुनेछ ।

अनुगमन र निरीक्षण
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षणसम्बन्धी कार्य गर्ने व्यवस्था विधेयकमा छ । छुट्टै निकाय वा अधिकारीले पनि अनुगमन तथा निरीक्षण गर्न सक्ने र सो क्रममा सम्बन्धित निकाय वा अधिकारीले दिने निर्देशन व्यवसायीले पालना गर्नुपर्ने हुन्छ ।

कसैले ऐनविपरीत काम गरेको जानकारी पाउने जोसुकैले आफूसँग भएको जानकारी वा प्रमाण देखाएर महानिर्देशक तथा निरीक्षण अधिकृतसमक्ष उजुरी दिन सकिनेछ । व्यवसायीका तर्फबाट कर्मचारी, कामदार वा प्रतिनिधिले विद्युतीय व्यापार गरेमा सो व्यापार व्यवसायीले नै गरेको मानिनेछ ।

यो ऐनले अरू कुनै कानुनानुसारको कसुरमा मुद्दा चलाउन बाधा नपार्ने र मन्त्रालयले ऐनको कार्यान्वयनका लागि आवश्यकताअनुसारको निर्देशिका बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।

विधेयकको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro