site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विमानस्थल सञ्चालनमा आएको सात महिनापछि इन्धन डिपो शिलान्यास

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झन्ड‌ै सात महिनापछि विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माण गर्न शिलान्यास गरिएको छ । जबकि अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपोलाई सुरुमा नै स्थापना गर्नुपर्ने संरचनाको रूपमा लिइन्छ ।

तर, यसअघि क्षेत्रीय विमानस्थलमा रहेको डिपोबाट नै अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने विमानहरूले इन्धन भर्दै आएका थिए । आयल निगमले रिफ्युलरबाट जहाजमा आवश्यक पर्ने हवाई इन्धन ओसार्दै आएको छ । ११ हजार लिटर क्षमता भएका दुईवटा रिफ्युलरले विमानस्थलका जहाजमा इन्धन भर्ने गर्दै आएका छन् ।

पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमका अनुसार आइतबार शिलान्यास गरिएको डिपो आगामी डेढ वर्षभित्र निर्माण भइसक्ने छ ।

Dabur Nepal
NIC Asia

सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले यसको शिलान्यास गरेका हुन् ।

अहिले आयल निगमले करिब ७७ करोड रुपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो । यसका लागि निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।

कुल ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक निर्माण गर्न लागिएको हो । ७७ करोड रुपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् भने करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निगमका हवाई इन्धन डिपोका परियोजना प्रमुख भरत रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार विमानस्थलभित्रै १२ लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण हुने छन् । 

“अहिलेसम्म पुरानै विमानस्थलबाट ढुवानी गरेको भरमा कामचलाउ गरिएको थियो । तर, अब भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र नयाँ भण्डारणगृह तयार हुने छ,” उनले भने । इन्धन भर्ने तीनवटा ट्यांकी, फायर फाइटिङका लागि आवश्यक पूर्वाधार, प्रशासन सहितका पूर्वाधार बन्ने छन् ।

अहिले आन्तरिक उडानमा मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सीमित छ । आन्तरिक उडानमा मात्र सीमित रहँदा विमानस्थलमा दैनिक २० देखि ३० हजार लिटर हवाई इन्धन खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनासाथ इन्धन खपत बढ्ने रेग्मीले बताए । 

आयल निगमले मुलुकका ६ वटा विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने योजना बनाएको छ । विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो ।

जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापालगायतका ठाउँमा हवाई इन्धन डिपो निर्माण गर्न आवश्यक रहेको अध्ययनमा देखिएको थियो । निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ । 

मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन । डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बोकेर जानुपर्ने बाध्यता छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro