साहित्य
काठमाडौं । लघुकथा सर्जकहरूसँगको भेटघाट, वार्ता र संवादद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको ‘विलोम’ लघुकथा अभ्यासको तेस्रो शृङ्खला सम्पन्न भएको छ ।
यसपटक ३० को दशकमा स्थापित स्रष्टा ध्रुव मधिकर्मीसँग सम्पर्कमा रही अभ्यास भएको थियो ।
मधिकर्मीसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको इतिहासदेखि लघुकथाका यावत पक्षमाथि चर्चा गरिएको थियो ।
चर्चामा विलोमका सुत्रधार ममता मृदुल, विनोद नेपाल र दीपक लोहनी रहेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० १९:०६
प्रतिक्रिया दिनुहोस्