site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
४६० गाउँपालिकाको बजेट समयमै स्वीकृत
हालै सम्पन्न मोरङको कटहरी गाउँपालिकाको गाउँसभा । 

विराटनगर । देशका ४६० गाउँपालिकामध्ये ४३८ ले असार मसान्तभित्रै बजेट स्वीकृत गरेका छन् । बाँकी २२ वटा गाउँपालिकामा भने बजेट स्वीकृत हुन सकेको छैन । जसअनुसार ९५ प्रतिशत गाउँपालिकाले समयमै बजेट स्वीकृत गरेको देखिएको छ ।

नेपालको संविधान र संघीय कानुनबमोजिम स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्रै गाउँ तथा नगर सभामा पेस गरिसक्नुपर्छ । जसलाई असार मसान्तसम्म स्वीकृत गरिसक्नुपर्छ । गाउँपालिका राष्ट्रिय महासंघले जनाएअनुसार सुदूरपश्चिम प्रदेशका शत प्रतिशत गाउँपालिकाले असार मसान्तभित्रै बजेट स्वीकृत गराएका छन् ।

Argakhachi Cement Island Ad

तोकिएको समयभित्र बजेट स्वीकृत हुन नसक्नुमा अध्यक्ष अस्वस्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व तथा बजेट विनियोजनमा विवादलगायतका कारण रहेको देखिएको महासंघले जनाएको छ । 

महासंघका महासचिव खिमबहादुर थापाले एक विज्ञप्तिमार्फत बजेट पारित गर्न नसकेका गाउँपालिकालाई तत्काल पारित गरी स्थानीय सरकारको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आह्वान गरेका छन् । 

 कुन प्रदेशमा कति ?

Budget Parit garne palika1689596457.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्