site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भट्टराईको पुस्तक ‘नन्–अलाइनमेन्ट’ सार्वजनिक, असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराजदूत दिनेश भट्टराईको पुस्तक ‘नन्–अलाइनमेन्टः क्वेस्ट फर एन इन्डिपेन्डेन्ट फरेन पोलिसी’ पुस्तक सोमबार सार्वजनिक गरिएको छ । सोमबार एसियाली अनुसन्धान केन्द्र (सिनास)ले कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरेको हो ।

“पुस्तकमा नेपालको भौगोलिक अवस्थालाई हेरेर असंलग्न विदेश नीति हाम्रो देशलाई कति सान्दर्भिक छ भन्ने कुरा समेटेको छु,” भट्टराईले भने । पछिल्ला वर्षहरुमा असंलग्न नीतिको सान्दर्भिकता झन् बढेर गएको उनले बताए । राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै अवस्थमा असंलग्न नीतिले निरन्तरता पाएको उनले जनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (एमाले)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असंलग्न नीतिमा केही तलमाथि भए त्यसपछि आउने दबाब नेपालले थेग्न नसक्ने बताए । यसमा सरकार होशियार हुनुपर्ने उनले बताए ।

“असंलग्न भनेको पूरै हात बाँधेर तटस्थ बस भनेको होइन । मुद्दामा हामी सहभागी हुनैपर्छ,”  उनले भने, “हाम्रो जस्तो देश बाह्य हस्तक्षेपको पक्षमा उभिन मिल्दैन ।”

Global Ime bank

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले असंलग्न नीतिको सान्दर्भिकता हिजोजत्तिकै आज पनि रहेको बताइन् । “विश्व राजनीतिका कारण अहिले नेपाल संकटमा छ । भारत र चीनसँग हामीले राम्रो सम्बन्ध राख्नैपर्छ,” उनले भनिन् ।

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पछिल्ला वर्ष नेपाल दक्षिणतर्फ ढल्किएको आरोप लगाए । उनले नेपालको परराष्ट्र नीतिलाई मजबुत बनाउन पहिला आन्तरिक शक्तिहरुबीच एकता हुनुपर्ने जनाए ।

“पहिला अमेरिका र रुसबीच शीतयुद्ध हुँदा हामीकहाँ छिटा मात्र परेको थियो । तर अहिले हामी शक्ति राष्ट्रहरुबीचको भूमरीमा छौँ । त्यसैले नेपालभित्र एकता जरुरी छ,” कार्कीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC