site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विकास निर्माणका काममा दलहरूबीच सहकार्य आवश्यक : उपप्रधानमन्त्री खड्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले राजनीति गर्नेहरू जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए । 

आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेहरूको प्रतिबद्धता हो,” खड्काले भने, “विकास निर्माण जनताको नासो र सम्पत्ति हो, यी काम गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ ।”

भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए । 

Global Ime bank

“सरकारको लक्ष्य कोही पनि नागरिक भूमिविहीन भएर बस्नु नपरोस् भन्ने छ,” उनले भने, “आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ ।”

उपप्रधानमन्त्री खड्काले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, श्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपुर्जा वितरणको काम भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement