site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतबाट पेट्रोलको मूल्य घटेर, डिजेलको बढेर आयो

काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पढाएको छ । 

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।

आईओसीले प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउँछ भने १ तारिखमा हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्यसूची पठाउने गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्