site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालयअगाडि प्रदर्शन

काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालयअगाडि प्रदर्शन भएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगायत विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । सोही कारण आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो । 

Dabur Nepal
NIC Asia

उनीहरूले अध्यागमनको बिनाकारण विदेश जानबाट रोक्ने कदमले  व्यवसाय गर्न समस्या हुने भन्दै विरोध गरेको बताइएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिनाकारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गर्नुपरेको बताए । 

उनले भने, “कुवेत, जोर्डन लगायतका देशमा नेपाली दाजुभाई दिदिबहिनी गइरहनुभएको छ, उहाँहरूलाई बिनाकारण अध्यागमनले फर्कायो, करिब १९० भन्दा बढीको संख्यामा फर्काइएको छ । ठूलो रूपमा टिकट काटिएको, खर्च गरिएको हुन्छ, सबै प्रक्रिया पु¥याएर जाँदा अन्तिममा उहाँहरूलाई फर्काइन्छ, दुःख दिइन्छ, त्यसको विरुद्ध हामीले विरोध गरेका हौँ ।” 

उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro