site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना
Tiktok banner adTiktok banner ad

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

“मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ,” उनले भने, “भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ । सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।”

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरू लागेको उनले बताए । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थले नगर कुरूप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

“बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ,” उनले भने, “यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।”

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro