site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापा, मोरङ र धनकुटामा सवारी दुर्घटनाबाट चारजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापा, मोरङ र धनकुटाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । 

बिहीबार झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको प्र. १–०१–००२ ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जादै गरेको मे. ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका–७ का ४० वर्षीय उपेन्द्र सिग्देलको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदीको उपचार भइरहेको छ । 

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–१२, मेची राजमार्गस्थितमा मे १ ज २९३३ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ३५ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको हो । 

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–१ स्थितमा को १० प ९०१८ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भइ दुर्घटना हुँदा चालक स्थानीय २४ वर्षीय नवीन चौधरीको मृत्यु भएको हो । 

धनकुटा नगरपालिका–९, त्रिवेणी–मुलघाट भित्री सडक खण्डमा को. ६ प २१४९ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा सहिदभूमि–१ का ६५ वर्षीय नरबहादुर राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro