site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएई ‘ए’ माथि भारत ‘ए’ को सहज जित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ ले युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

शुक्रबार श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लब मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य भारतले २६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा कप्तान यश धुलले अविजित १०८ रन बनाए । धुलले ८४ बलमा २० चौका र एक छक्का प्रहार गरे । यस्तै, धुलसँगै अविजित रहेका निकिन जोसले ४१, अभिषेक शर्माले १९ र साई सुदर्शनले आठ रन जोडे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यूएईका मुहम्मद जवादुल्लाह र अली नासिरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको यूएईले निर्धाति ५० ओभरमा नौ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।

Royal Enfield Island Ad

यूएईका अश्वन्थ भाल्थापाले ४६ रन बनाएका थिए । आर्यन्स शर्माले ३८, मोहम्मद फराजुद्दिनले ३५, जस गियानानीले १३ र कप्तान अली नासिरले १० रन जोडे ।

भारतका हर्षित रानाले चार विकेट लिए । नौ ओभर बलिङ गरेका हर्षितले ४१ रन खर्चिए । नितिशकुमार रेड्डी र मानव सुथरले समान दुई विकेट लिए । अभिषेक शर्माले एक विकेट हात पारे ।

जितसँगै दुई अंक जोडेको भारत समूह ‘बी’ को शीर्ष स्थानमा छ । अंकविहीन यूएई भने तालिकाको चौथो स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro