राजनीति

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ । सभामुख देवराज घिमिरेले बैठक असार ३१ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट पारित भएका विधेयकको सन्देश पढेर सुनाएका थिए ।
सभामुख घिमिरेले कार्यसूचीबाट २ र ३ मा रहेको शीर्षक हटाइएको जानकारी गराएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १५:४३
प्रतिक्रिया दिनुहोस्