काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ ।
"काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ," त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेरे उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।
प्रवक्ता सिटौलाका अनुसार जहाज दिउँसो १ः५३ बजे काठमाडौंबाट उडेको थियो ।
काठमाडौंबाट १५ माइल पर पुगेपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो । दिउँसो २ः१० बजे जहाज काठमाडौंमा अवतरण गरेको उनले बताए ।