site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याज पीडितको विषय संसद्‌मा नल्याइए सदन अवरोध गर्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याज पीडितका लागि ल्याइएको अध्यादेशको प्रतिस्थापन विधेयक आजको कार्यसूचीबाट किन हटाएको भन्दै प्रश्न गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले भने कसका कारणले रोकियो भन्दै प्रश्न गरेका हुन् । 

“कार्यसूचीमा मिटरब्याज पीडितको अध्यादेश अथवा मिटरब्याज पीडितको विषय किन परेन ? कसका कारणले रोकियो ?,” उनले सोधे ।

उनले यसअघि प्रतिपक्षी मिटरब्याज अध्यादेशको विरोधमा रहेको आरोप लगाइएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी यो मिटरब्याज पीडितको पक्षमा रहेको भन्दै छिट्टै ल्याउन माग गरे । 

अर्को बैठकमा मिटरब्याजको विषय नल्याइए सदन अवरोध गर्ने चेतावनी दिए । 

“कसका स्वार्थ कसका कारण मिटरब्याजको पक्षमा रहेको विधेयकलाई सदनमा ल्याइएन् ?,” उनले भने, “अर्को बैठकमा नल्याए सदन चल्न नदिने पक्षमा उभिने छ । कार्यसूचीमा नराखे सदन चल्न सक्दैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro