site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सकारात्मकतातर्फ : अर्थमन्त्री 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले अर्थतन्त्र चलायमान भइरहेको उल्लेख गरे ।

मूल्यवृद्धि पनि विगतको भन्दा घटेको उनले बताए । सरकारले करको दायरा फराकिलो पारेको भन्दै उनले राजस्व बढ्ने विश्वास व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उनको भनाइ छ । “यसपालि करको दायरा फराकिलो पारेका छौँ, यसले गर्दा राजस्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र विस्तारै चलायमान हुँदै छ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ,” उनले भने, “ब्याजदर पनि अलिकता सहजता हुनेबित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ । र, हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरू धेरै विनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरूले राखेको सुझावलाई हामी सहश्र आत्मसात् गर्छौँ । र, आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र, गाउँगाउँ, दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशील हुन्छौँ ।”

अर्थमन्त्री महतले आउँदा दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu