site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ  । सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा करोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्