site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब राप्रपामा काम नगरी नेता हुन नपाइने, भूगोलमा नजाने नेता पदमुक्त हुने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको 'नवीन राप्रपा–२०८०' को कार्ययोजना सार्वजनिक गरेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले 'राप्रपा : अब नवीन राप्रपा' कार्ययोजना अन्तर्गत 'नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति' मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान सुरु गरेको जनाएको हो ।

Dabur Nepal
NIC Asia

अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रित जिम्मेवारी दिएको छ । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनका अनुसार राप्रपाले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनोटबाट उमेदवार तय गर्ने छ । त्यस्तै, पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने जनाएको छ ।

राप्रपाले ६ महिनाभित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजीविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदबाब सिर्जनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro