site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी जग्गाको माटो बेच्ने चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा 
फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गाको माटो बेच्दा अनियमितता गरेको भन्दै बिहीबार चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कञ्चनपुर लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्रको माटो गैरकानुनी रूपमा उत्खनन् गरी स्थानीय इँटा उद्योगलाई बिक्री गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध बैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

राना र बोहरासँग सात लाख २९ हजार ५१४ रुपैयाँ, भाटसँग चार लाख ११ हजार ६०६ रुपैयाँ र विष्टसँग तीन लाख १७ हजार ९०८ रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro