
काठमाडौं । हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।
यस सुविधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने हिमालयन एयरलाइन्सले जनाएको छ । यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ईसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ्ग व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिने एयरलाइन्सले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ ।
एअरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाइन चेक–इन पनि गर्न सकिनेछ ।