site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ : परराष्ट्रमन्त्री साउद
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा उनले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेतसहित सात राजदूत पद रिक्त रहेको बताए । उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने भन्दै उनले प्रक्रिया छिट्टै टुंगिने उल्लेख गरे ।

“हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त रहेको छ । राजदूत नियुक्तिमा सरकारले परराष्ट्रभित्रबाट ५० प्रतिशत र परराष्ट्रबाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ,” उनले भने, “सोही कार्यविधिअनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

Global Ime bank

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेका बताए । विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

“विदेशमा रहेका नेपालीहरूको हकहित र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं आवश्यकताअनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन्,” उनले भने, “विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरूको भूमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको छ । केही नियोगहरूमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । यसलाई क्रमशः साधनस्रोत सम्पन्न तुल्याउँदै विस्तार गर्दै लगिनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement