site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
भुवन केसीविरुद्धको मुद्दा जितेपछि के भनिन् साम्राज्ञीले ?

काठमाडौं । अभिनेता भुवन केसीले एक करोड क्षतिपूर्ति माग दाबी गर्दै दायर गरेको गाली बेइज्जती मुद्दामा सफाइ पाएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो नयाँ अध्याय सुरु भएको बताएकी छन् । 

सामाजिक सञ्जालबाट अनुभव सुनाउँदा मुद्दा अदालतसम्म पुगेको स्मरण गर्दै उनले चलचित्र क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदा समस्या आएको बताएकी छन् । “मैले मेरोचलचित्र यात्राबारे अनुभव साझा गरेको थिएँ, जुन तितो मिठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी/चोट दिने मेरो उद्देश्य थिएन,” उनी अगाडि थप्छिन्, “मेरो उद्देश्य सबै युवालाई सन्देश दिनु थियो, तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ । तर, त्यहाँ रहेका रक्तपिपासुहरूबाट बच्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

आफ्नो दिमागमा भएको कुरा आफूले सार्वजनिक गरेको उनले बताएकी छन् । “त्यसैका लागि म विरुद्ध १० करोडको मुद्दा हालियो । त्यो व्यक्तिले मलाई म शक्तिशाली छु र चलचित्र क्षेत्रमा सबैको समर्थन छ भन्ने देखाउनु थियो । त्यो मलाई धम्क्याउने उसको तरिका पनि थियो,” इन्स्टाग्राममार्फत उनी कसैको नाम नलिई भन्छिन्, “कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने यो निकै डरलाग्दो प्रवृत्ति छ । अब केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन ।” 

तीन वर्षभन्दा लामो समय वकिलहरूले आफ्नोतर्फबाट मुद्दा लडेको भन्दै भावुक भएकी साम्राज्ञी रुँदै भन्छिन्, “यो यात्रा सजिलो थिएन । वकिलहरू अशांक मल्ल, दिनेश त्रिपाठी, दृष्टि दाहाल, राष्ट्र तिमिल्सिना र जयलाल भण्डारीले मेरा लागि लड्नुभयो । मैले जितेँ । अब बल्ल श्वास फेर्न पाउँछु । जीवनको नयाँ अध्याय सुरु गर्न पाउँछु । मलाई शुभकामना दिनुहोला ।”

शाहले सामाजिक सञ्जालमार्फत भुवन केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उद्यपि, उनले सुरुमा भुवनको नाम लिएकी थिइनन् । उनले नाम नलिए पनि भुवनले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले भुवनको दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro