कला
काठमाडौं । अभिनेता भुवन केसीले एक करोड क्षतिपूर्ती माग गर्दै दायर गरेको गाली बेइज्जती मुद्दामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सफाइ पाएकी छन् ।
शाहले एक अर्न्तवार्तामा केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उक्त अर्न्तवार्ता लगत्तै केसीले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले केसीको दाबी नपुग्ने भन्दै शाहलाई सफा दिएको हो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० २०:४७
प्रतिक्रिया दिनुहोस्