site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना शृङ्खलाबद्ध रूपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले जातीय विभेदका कारण घटेका शृङ्खलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।  

जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेराबाट निकालिएकोलगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध मोर्चाले खबरदारी गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले 'लडौँ जात व्यवस्थाविरुद्धको फाइनल म्याच', 'अपराधीलाई कारबाही गर', 'मलाई विभेद स्वीकार्य छैन', 'षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावाद' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro