site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठक : धानको समर्थन मूल्य तोकियो
फाइल तस्बिर।

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

जसअनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । 

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गत चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय पनि स्थापना गरेको थियो ।

यस्तै, बैठकले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । हेलिकोप्टर दुर्घटना पाइलटसहित ६ जनाको मृत्यु भएको थियो ।

बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro