site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रेड्मी ए२ र ए२ प्लस साढे १० हजारदेखि १२ हजारसम्म पाइने

काठमाडौं । शाओमीले रेड्मी ए२ र ए२प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरसहित सुलभ मूल्यमा प्रयोगकर्तामा यी मोबाइल फोन सार्वजनिक गरेको हो ।

यी दुवै नयाँ फोनमा दुई वर्षको वारेन्टी रहेको छ । इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिस डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफलगायतका सुविधाहरूका साथ रेड्मी ए२ र ए२प्लसले बजारमा सार्वजनिक भएको हो ।

Dabur Nepal
NIC Asia

लन्चको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंण्डाले भने, “रेडमी परिवारमा लेटेस्ट एडिसनको रूपमा, रेड्मी ए२ र ए२प्लसलाई सहज र छरितो पर्फर्मेन्स प्रदान गर्न निर्माण गरिएको हो । टप अफ द लाइन स्पेसिफिकेसनहरू र शक्तिशाली भिजुअलहरू प्रस्तुत गर्दै, यी फोनहरू नेपाली स्मार्ट फोन बजारमा आक्रामक रूपमा उत्रिन तयार छन् ।”

रेड्मी ए२ र ए२प्लस लाइट ब्लू, लाइट ग्रीन र कालो रंगमा उपलब्ध छन् । दुई जीबी र्‍याम र ३२ जीबी मेमोरी भएको रेड्मी ए२ पाइने छ भने रेड्मी ए२प्लस दुई वटा स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । रेड्मी ए२प्लस २ जीबी र्‍याम र ३२ जीबी मेमोरीका साथै ३ जीबी र्‍याम र ६४ जीबी मेमोरीमा उपलब्ध रहेको छ ।

जसमा एक टीबीसम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको पनि बताइएको छ । रेड्मी ए२ २ जीबी र्याम र ३२ जीबी मेमोरीको मूल्य १० हजार ४९९ पर्नेछ । त्यस्तै रेड्मी ए२ प्लसको मूल्य ११ हजार ४९९ र ११ हजार ९९९ रुपैयाँ पर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro