site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से स्थिर, तीन अर्ब ७९ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.८० अंकले घटेर बन्द भएको छ । परिसूचक ०.०४ प्रतिशतले घटेर २०७६.९६ विन्दुमा बन्द भएको हो ।

आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ता पनि आफ्नो हिसाब मिलानमा लागेका छन् । आउँदो आर्थिक वर्षको मौद्रिक नीति समेत ल्याइने क्रममा छ । त्यसले गर्दा पनि लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।

सोमबार तीन अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९३ धितोपत्रका एक करोड ११ लाख ८२ हजार ३३५ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.७२ प्रतिशतले घटेको छ ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।  हिमालयन हाइड्रोपावरको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । सिटी होटेलको सेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ ।

सोल्टी होटेलको सर्वाधिक रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको ३३ करोड १२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro