site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०० आप्रवासी सवार डुंगा क्यानरी टापुमा बेपत्ता

काठमाडौं । स्पेनको क्यानरी टापु आसपासमा २०० अफ्रिकी आप्रवासी सवार डुंगा बेपत्ता भएको छ । स्पेनका उद्धारकर्ताले डुंगाको खोजी जारी राखेको बताएका छन् ।

गएको जुन २७ मा दक्षिणी सेनेगलको तटीय सहर काफाउन्टाइनबाट सो डुंगा अगाडि बढेको थियो । करिब एक साताअघि नै बेपत्ता भएको सोसँगै दजर्नाैँ आप्रवासी सवार थप दुई डुंगा पनि बेपत्ता भएको आशंका गरिएको छ । तीनवटै डुंगामा गरी करिब ३०० जना बेपत्ता भएको अनुमान गरिएको छ ।

Dabur Nepal
NIC Asia

जुन १४ मा पनि ७५० आप्रवासी सवार डुंगा ग्रीकको तटमा भूमध्यसागरमा बेपत्ता भएको थियो । सो घटनामा ५०० बढी मानिस अझै बेपत्ता छन् ।

पश्चिमी अफ्रिकाबाट क्यानरी टापुसम्मको यात्रा आप्रवासीका लागि सबैभन्दा खतरनाक जलमार्गमध्येको एक हो ।

स्पेनी टापुमा पुग्न खोजेका ५५९ जनाको गत वर्ष समुद्रमै ज्यान गएको संयुक्त राष्ट्रसंघको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम)ले जनाएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro