site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका ४ का ३८ वर्षीय संयोग बस्नेत र दमक नगरपालिकाका ३४ वर्षीय अंकित कार्की छन् । 

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भारतको पानी ट्यांकीबाट भाडाको सिटी सफारी गाडीमा नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो । 

Argakhachi Cement Island Ad

उनीहरूमाथि शंका लागी चेक जाँच गर्दा अंकित कार्कीले घाँटीमा लगाएको कलेजी रंगको गलबन्दीभित्र प्वाल बनाई प्लास्टिकको पोका बनाएर लुकाइराखेको अवस्थामा नौ ग्राम ७८० मिलिग्राम खैरो हिरोइन फेलापरेको प्रहरीले जनाएको छ । 

लागुऔषध बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्