site stats
बाह्रखरी :: Baahrakhari
देश
‘विथहेल्ड’ रहेकाले राष्ट्रिय परिचयपत्र लिन जाँदा पुनः बायोमेट्रिक्स दिनुपर्ने

काठमाडौं। राष्ट्रिय परिचयपत्र (एनआईडी) लिन जाँदा केहीले पुनः बायोमेट्रिक्स दिनुपर्ने भएको छ । प्राविधिक समस्याका कारण यस्तो गर्नु परेको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको लागि सुरुमा फाराम भर्दा नै सम्बन्धित निकायले बायोमेट्रिक्स लिने गर्छ । तर केही व्यक्तिको बायोमेट्रिक्समा समस्या देखिएकोले एनआईडी लिनजाँदा पुनः लिनु परेको गृहले जनाएको छ ।

Argakhachi Cement Island Ad

"केही व्यक्तिको सुरुमा लिइएको बायोमेट्रिक्स प्राविधिक समस्याका कारण ‘विथहेल्ड’ मा बसेको हुन्छ । यस्ता व्यक्तिहरुले एनआईडी लिनजाँदा पुनः बायोमेट्रिक्स दिनुपर्छ । एनआईडी लिनजाँदा सबैले पुन: बायोमेट्रिक्स दिनुपर्छ भन्ने होइन," गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कुटवालले बताए ।

खासगरी ललितपुर जिल्लामा यस्तो समस्या देखिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्