site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरमा अब ८ बजेदेखि नै ओपीडी खुल्ने, ल्याब परीक्षण ७ बजेदेखि 

काठमाडौं । वीर अस्पतालको ओपीडी सेवा साउन १ गतेदेखि बिहान ८ बजेदेखि नै खुल्ने भएको छ । यसअघि ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी अब ८ देखि ४ बजेसम्म खुल्ने भएको हो ।

बिरामीको चापलाई ध्यानमा राख्दै चिकित्सकहरूले बढीभन्दा बढी समय अस्पताललाई दिउन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । 

प्रशासन र सम्पूर्ण विभागका ओपीडी ८ बजे नै खुल्नेछन् । ल्याब परीक्षण सेवा भने बिहान ७ बजेदेखि नै सञ्चालन हुनेछ । त्यस्तै, अल्ट्रासाउण्ड र जटिलबाहेकका अवस्थाको सीटी स्क्यान पनि एकै दिनमा गरिने डा. पौडेलले बताए । 

वीरमा साउन अन्तिम सातादेखि जलन वार्डसमेत सञ्चालन गर्ने तयारी भएको छ । साविकको न्यूरो सर्जरी आयसीयूलाई जलन आइसीयूको रूपमा परिणत गरी साउन अन्तिम सातादेखि सञ्चालन गर्न लागिएको डा. पौडेलले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro